Mail: moial@karnali.gov.np,     ०८३ - ५२५७५०, ५२३०४५     
मन्त्रालयको परिचय

मन्त्रालयको परिचय

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने संवैधानिक प्रावधान छ । संविधान बमोजिम संघको एकल अधिकार अनुसूचि ५ मा र साझा अधिकार अनुसूचि ७ र ९ मा, प्रदेशको एकल अधिकार अनुसूचि ६ मा र साझा अधिकार अनुसूचि ७ र ९ मा तथा स्थानीय तहको एकल अधिकार अनुसूचि ८ मा र साझा अधिकार अनुसूचि ९ मा उल्लेखित विषयमा निहित छ । धारा ५८ मा यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुने गरी अवशिष्ट अधिकार (Residual Right) को प्रयोग गर्ने अधिकार भने संघलाई प्रदान गरिएको छ । संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न भए पश्चात नेपाल सरकारको मिति २०७४ साल माघ १० गतेको निर्णयानुसार कर्णाली प्रदेशमा सातवटा मन्त्रालयहरुको स्थापना गरिएको छ ।सातवटा मन्त्रालयहरुमध्येको आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि एक हो । साविक शहरी विकास तथा भवन डिभिजनकार्यालय सुर्खेतको भवनमा मिति २०७४।१०।१९ गते स्थापना भई संचालनमा रहेको छ । यसको गठन प्रदेशमा शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याड्ढन र प्रतिवेदन तथा संघसंस्थाको समन्वय र सहकार्य गर्ने मुख्य उद्देश्यका साथ यस मन्त्रालयको स्थापना भएको छ।

 

दृष्टिकोण :

* नागरिकको जीउ ज्यान, सम्पत्ति, स्वतन्त्रता र आधारभूत मानव अधिकारको संरक्षण एवं शान्त र सुरक्षित प्रदेश ।
 

लक्ष्य :

* दिगो र भरपर्दो शान्ति सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र सूचनाको प्रविधि विकास, नयाँ स्थानीय प्रशासनको सञ्चालन, व्यवस्थापन र समन्वय गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।